त्रिवेणि गाउँपालिकाको खर्च ९२ दशमलव ११ प्रतिशत

त्रिवेणि गाउँपालिकाको खर्च ९२ दशमलव ११ प्रतिशत

मुसिकोट । रुकुम पश्चिमको त्रिवेणि गाउँपालिकाको खर्च ९२ प्रतिशत बढी भएको छ । चालु आर्थिक वर्ष २०७७/०७८ गाउँपालिकामा प्राप्त जम्मा बजेटका ९२ दशमलव ११ प्रतिशत बजेट खर्च भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुनले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका लागि त्रिवेणि गाउँपालिकामा ५४ करोड ४१ लाख २० हजार १ सय १० रुपैयाँ ९५ पैसा प्राप्त भएको थियो । जसमध्य ५० करोड १२ लाख १५ हजार ९ सय ९३ रुपैयाँ २४ पैसा बजेट खर्च भएको अधिकृत पुनले बताउनुभयो ।

चालु तर्फ ९४ दशमलव ३२ अर्थात ३३ करोड ९७ लाख २५ हजार २४ पैसा खर्च भएको छ । पँुजिगततर्फ भने १६ करोड २४ लाख २८ हजार २ सय ६८ अर्थात ८७ दशमलव ७९ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आर्थिक वर्षमा गाउँपालिका चालुतर्फ ३६ करोड २ लाख ४४ हजार २ सय ५ रुपैयाँ ९५ पैसा र र पुँजिगततर्फ १८ करोड ३८ लाख ७५ हजार ९ सय ५ रुपैयाँ बजेट प्राप्त भएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार