देउवा प्रधानमन्त्री बने लगत्तै चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दियो

Duduwa Corona

देउवा प्रधानमन्त्री बने लगत्तै चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दियो

काठमाडौं । चीनले नेपाललाई कोभिड(१९ विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएको छ । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई चिनियाँ राजदूत होउ यान्छीले भेटका क्रममा सो कुराको जानकारी दिएकी परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

कोभिड १९ महामारीविरुद्धको लडाइँमा नेपाललाई चीनको निरन्तर सहयोग रहने चनिले जनाएको छ । राजदूत यान्छीले प्रधानमन्त्री देउवासँग नेपाललाई चीनले थप १६ लाख डोज कोभिडविरुद्ध खोप उपलब्ध गराउने निर्णय भएको जानकारी गराएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाई यसअघि पनि चीनले १८ लाख डोज खोप अनुदानमा दिएको थियो । चीनसँग ४० लाख डोज खोप किन्ने सम्झौता भएको छ । त्यसमध्ये ८ लाख डोज नेपाल आइसकेको छ ।
भारतले पहिलो चरणमा कोरोनाविरुद्धको खोप निःशुल्क दिएको थियो । पछि भारतले कोरोनाविरुद्धको खोप नेपाललाई दिन मानेको छैन । किन्ने भनिएको खोप पनि भारतले दिएको छैन ।

अमेरिका, जापानले पनि नेपाललाई कोरोनाविरुद्धको खोप निःशुल्क दिने जनाइसकेका छन् । अमेरिकाबाट खोप पनि नेपाल आइसकेको छ ।

Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार