२० दिन बित्यो, संक्रमितसँगै आएका व्यक्तिको जाँच भएन

२० दिन बित्यो, संक्रमितसँगै आएका व्यक्तिको जाँच भएन

२४ चैत, सुर्खेत । दैलेखका एक युवा चैत ४ गते कतार एयरवेजको क्युआर-६५२ जहाजबाट काठमाडौं उत्रिए ।

फा्रन्सबाट कतारको दोहा हुँदै काठमाडौं आएको उक्त जहाजमा १५२ यात्रु थिए । तीमध्ये १९ वर्षीया युवतीमा चैत १० गते कोरोना संक्रमण पुष्टि भयो ।

त्यही जहाजमा आएकी बागलुङकी अर्की १९ वर्षीया युवतीमा पनि संक्रमण पुष्टि भयो ।

त्यसको केही दिनपश्चात बागलुङकै एक वृद्धामा पनि कोरोना संक्रमण पुष्टि भयो । उनीहरु सबैजना एउटै विमानबाट काठमाडौं उत्रिएका थिए ।

तर, तीन/तीनजना संक्रमितको पुष्टि भइसकेको जहाजमै आएका दैलेखका युवकको भने २० दिन वितिसक्दा पनि परीक्षण भएको छैन ।

उनी कार्यरत गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार सोमबार मात्रै ती युवकको स्वाब परीक्षणका लागि सुर्खेत लगिएको छ । तर, रिपोर्ट आइसकेको छैन । दैलेखेको एक गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत उनी कणर्ाली प्रदेशको राजधानी वीरेन्द्रनगर हुँदै दैलेख पुगेका थिए ।

जहाजमा आएकाहरु कोरोना संक्रमित भएको पुष्टि भएपछि सरकारले सोही जहाजमा आएकाको ट्रे्रसिङ गरेको बताएपनि दैलेखका युवकको भने परीक्षण नभएको पाइएको हो ।

उनी हालसम्म पनि प्रदेश सरकारको सम्पर्कमा समेत नआएको कर्णाली सरकारकी प्रवक्ता कृषि मन्त्री विमला केसीले अनलाइनखबरलाई जानकारी दिइन् । अनलाइनखबर बाट

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार