तरकारी तथा फलफुल किन्न अब कालीमाटी पुग्नु पर्दैन

तरकारी तथा फलफुल किन्न अब कालीमाटी पुग्नु पर्दैन

चैत २४ काठमाडौ

कालीमाटीसँगै बल्खुको फलफूल तथा तरकारी बजारमा भीड बढेपछि  काठमाडौं महानगरपालिकाले विभिन्न ११ स्थानमा वैकल्पिक तरकारी बजारका लागि ठाउँ उपलब्ध गराउने भएको छ।

महानगरले महानगर क्षेत्रभित्रका कलंकी चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गगंबु चोक, बसुन्धरा चोक, गोपिकृष्ण हल चोक, तीनकुने चोक लैनचौर, रत्नपार्क र कोटेश्वरचोकमा लकडाउन अवधिभरि वैकल्पिक तरकारी बजार सञ्चालन गर्न ठाउँ उपलब्ध गराउने भएको हो।

पहिलो चरणमा महानगरपालिकाले परीक्षणका लागि ११ ठाउँबाट थोक विक्रीका लागि स्थान उपलब्ध गराएको काठमाडौं महानगरपालिका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले बताए।

‘कालीमाटी तथा बल्खुको फलफूल बजारमा बढ्दो भीडभाड नियन्त्रण–व्यवस्थापन गर्न हामीले विभिन्न ११ स्थानबाट बिहान ८ बजेसम्म विक्री गर्ने व्यवस्थाका लागि स्थान उपलब्ध गराउने भएका हौं,’ भण्डारीले भने, ‘सबै ठाउँमा सबै खाले फलफूल र तरकारी उपलब्ध गराउने व्यवस्थापन गर्न पनि हामीले भनेका छौं।’

बुधबारदेखि यी ठाउँहरूबाट तरकारी विक्री सुरू गर्ने तयारी रहेको उनले बताए।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार