राप्तीसोनारी गाउँपालिकाको गुरदिनगौरीमा बिओपी भवन

राप्तीसोनारी गाउँपालिकाको गुरदिनगौरीमा बिओपी भवन

बाँके । राप्तीसोनारी गाउँपालिकाले वडा नम्बर ४ को गुरदिनगौरीमा सशस्त्र प्रहरीको बिओपीका लागि भवन निमार्ण गरिएको छ । गुरदिनगौरीमा सशस्त्र प्रहरीको बिओपी अस्थायी रुपमा बन्दै आएको छ । बिओपीको औपचारिक रुपमा उद्घाटन भइसकेको छैन ।

राप्ती गाउँपालिकाको आर्थिक सहयोगमा बनाइदिएको भवनको अध्यक्ष लाहुराम थारुले उद्घाटन गर्नुभएको छ । भवन उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष थारुले विओपी स्थापना पछि चोरी पैठारी नियन्त्रण हुनुका साथै जनताले शान्तिको महसुस गर्ने बताउनु भएको छ । उहाँले जनतासँग समन्वय गरेर सम्बन्ध सुमधुर बनाई काम गर्न सशस्त्र प्रहरीलाई आग्रह गर्नुभएको छ।

बिओपी भवन उद्घाटनमा ३० नम्बर गणका प्रमुख एसपी अशोककुमार बम र ४२ नम्बर गणका प्रमुख एसपी प्रकाशकुमार सुवेदीको उपस्थिति थियो । वडा नम्बर ४ का अध्यक्ष कान्छा थारुको अध्यक्षतामा भएको बिओपी उद्घाटन कार्यक्रममा एसपी बमले शान्ति सुरक्षा कायम गर्न सशस्त्र प्रहरीले जनतासँग हातेमालो गर्दै अघि बढ्ने बताउनु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार