भूमेको सिमामा भूमी पूजा

भूमेको सिमामा भूमी पूजा

रुकुमकोट । रुकुम पूर्वको भूमे गाउँपालिका-३ हरियाली वस्ती सिमामा प्राचिनकाल देखि चलिआएको भूमी पूजा यस बर्ष पनि मनाईएको छ ।  हरेक बर्षको श्रावन १५ गतेदेखि २० गतेसम्मको बिचमा गर्ने आइतबारका दिन भूमी पूजा गरिन्छ ।

यस पूजामा सिमाको खेतमा ठानी, सिमी, भूमी, ठर्की बनाउने र त्यसले खेतबारीमा विभिन्न किरा फटेङ्ग्रा मुसा देखि उब्जनी हुने अन्नबालीलाई बचाउने विश्वासले उक्त पूजा गरिदै आएको स्थानीय बुद्धीजीवी तथा साँस्कृतिक गुरु उदिम पुनले बताउनु भयो ।

पूजामा रक्सी ,धुप, चामलको अक्षिता चोखो लादु, मुजपत्र,धजा दुवा पाटी र मुसा ,बिरालो किरा फटेङ्ग्राको चित्र बनाएर पूजा गरिन्छ । प्रत्येक घरको घरमुलीले बिहानको समयमा खेतमा खेतमा गएर उक्त पुजा गरिन्छ । खेतमा पूजा गरी सकेपछी आ-आफ्नो भाईबन्दुहरुमा एक आपसमा जम्मा भएर सुख दुख साट्ने र खानपिन गर्ने चलन पनि रहेको स्थानीय बुद्धिजीवी हिक्मत पुनले जानकारी दिनुभयो ।

पूजा गरि सकेपछि घर फर्कने बेला बिवाह नगरको युवा लाई बोकेर गाउँसम्म पुर्‍याउने चलन पनि छ त्यसो गर्नाले मागेको सबै कुरा पुरा हुने विश्वास पनि रहेको छ । उक्त थानीमा बसेको बेला गाउँबाट पञ्चेबाजा सहित लिन आउने र सँगै जाने पनि प्रचलन रहेको छ ।

हियाली पूजाको अवसरमा भूमे गाउँपालिका-३ सिमामा रहेको श्री हरियाली जन युवा कल्बले आफ्नो बार्षिक उत्सव पनि मनाउने गर्दै आएपनि यस बर्ष कोरोना भाइरसको कारण मनाईएको छैन ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार