अब अनलाइनबाटै प्रेस पास र अनलाइन दर्ता

अब अनलाइनबाटै प्रेस पास र अनलाइन दर्ता

काठमाडौं । सूचना तथा प्रसारण विभागले प्रेस पास तथा अनलाइन दर्ता सेवा अब पूर्णरुपमा अनलाइनबाटै गर्ने भएको छ । विभागका शाखा अधिकृत वसन्तबहादुर खत्रीले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएका छन् ।

सूचना तथा प्रसारण विभागले विभागको कार्यविवरणअनुसार मुख्यतः प्रेस प्रतिनिधि प्रमाणपत्र जारी–नवीकरण, अनलाइन सञ्चारमाध्यम दर्ता तथा नवीकरणको काम अब अनलाइनबाटै गर्न सकिने भएको छ ।

रेडियो तथा टेलिभिजनको इजाजत जारी तथा नवीकरणलगायतका कामहरु यसअघि नै गर्दै आइरहेको भएपनि उल्लेखित सेवाहरु लिने सेवाग्राहीहरु ७७ वटै जिल्लामा कार्यरत रहने, पछिल्लो समय विश्वभर फैलिएको कोभिड-१९ महामारीको जोखिम, नेपाल सरकारले अवलम्बन गर्दै आएको डिजिटल नेपाल फ्रेमवर्कको नीतिका साथै सार्वजनिक सेवा विद्युतीय माध्यमबाट चुस्त, छरितो सहज तथा कागजविहीनरुपमा प्रवाह गर्नुपर्ने अवस्था आएको विभागले जनाएको छ ।

सूचना

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार