मुसीकोटमा थप ८ जनामा कोरोना पुष्टि

मुसीकोटमा थप ८ जनामा कोरोना पुष्टि

मुसिकोट । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नगरपालिकाको वडा नं. ८ धोरखानीमा मंगलबार २५ जनामा एन्टिजेन परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको मुसीकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो ।

खुकुलो बन्दाबन्दी हुनु, जनस्वास्थ्यको मापदण्ड पालना नगर्नु र स्थानीयबासीले कोरोनाको बेवास्ता गर्नु लगायतका कारण कोरोना अझै पनि बढ्दो क्रममा रहेको स्वास्थ्य शाखा प्रमुख खत्रीले जानकारी दिनुभयो । जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर केहि मात्रामा घटेको भए पनि जोखिम भने कायमै रहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार