कांग्रेस महाधिवेशन मंसिर ९ देखि, वडा अधिवेशन भदौ १८ मा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन

कांग्रेस महाधिवेशन मंसिर ९ देखि, वडा अधिवेशन भदौ १८ मा

नेपाली कांग्रेसको १४ औं महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन सरेको छ। आज बसेको केन्द्रीय समिति बैठकले नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गतेसम्म आयोजना हुने निर्णय गरेको हो। बैठकले भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिनापछि धकेल्ने निर्णय गरेको हो ।

भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय भएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभएको छ । सभापति शेरवहादुर देउवा निवासमा बसेको बैठकले स्थानीयतहका अधिवेशन भदौ २७ गते आयोजना गर्ने निर्णय गरेको छ ।

त्यस्तै प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् । प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने र केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते आयोजना गर्ने मिति तय गरिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार