ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा रेग्मी नियुक्त

ग्लोबल आईएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको छ । साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मीलाई भदौ १ गतेदेखि लाग हुनेगरी बढुवा गरिएको हो ।

करिब तीन दशक देखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आईएमई बैंकमा प्रवेश गर्नुभएको थियो। रेग्मीले अहिले ग्लोबल आईएमई बैंकको कर्जातर्फ साना तथा मझौला खुद्राकर्जा, अपरेसन तथा सामान्य प्रशासन विभागको समेत सुपरीवेक्षण गर्दै आउनु भएको छ ।

उहाँ बेलायतको युनिभर्सिटी अफ वेल्सबाट सन् २००१ मा एमबीए गर्नु भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार