वृद्धवृद्धाको उपचारमा विशेषज्ञता प्राप्त डाक्टरको कोभिड–१९ बाट मृत्यु

वृद्धवृद्धाको उपचारमा विशेषज्ञता प्राप्त डाक्टरको कोभिड–१९ बाट मृत्यु

वृद्धवृद्धाको उपचारमा विशेषज्ञता प्राप्त डाक्टरको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको छ।

बेलायती डा. एनटोन सेबास्टियनपिलाईको कोरोना भाइरसको संक्रमणपछि गएको आइतबार मृत्यु भएको अस्पतालले मंगलबार जानकारी दिएको हो । दक्षिण पश्चिम लण्डनमा रहेको किंग्सटन हस्पिटलमा उनको उपचारको क्रममा निधन भएको हो ।

चार दिन सघन उपचार कक्षमा राखेर उपचार गरे पनि उनको शनिबार निधन भएको अस्पतालले बताएको छ । डा. एनटोन सोही अस्पतालमा कार्यरत थिए । अन्तिमपटक अस्पतालमा बिरामी जाँच गरेको १६ दिनपछि उनको कोरोना भाइरसका कारण निधन भएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार