वन क्षेत्र अतिक्रमण गरेको आरोपमा २२ विरुद्ध मुद्दा

दुईजना पक्राउ

वन क्षेत्र अतिक्रमण गरेको आरोपमा २२ विरुद्ध मुद्दा

दुईजना पक्राउ

घोराही। दाङमा वन क्षेत्र अतिक्रमण गरेको आरोपमा २२ जनाविरुद्ध मुद्दा परेको छ । डिभिजन वन कार्यालय दाङले पश्चिम बबई गाउँपालिकाका वडा नम्बर–५, बबरपुरस्थित कालापानी सामुदायिक वन क्षेत्रको खाली जग्गा अतिक्रमण गरेर खेतीपाती गर्ने तथा घरटहरा निर्माणमा संलग्नविरुद्ध मुद्दा चलाइएको छ ।

आरोपितविरुद्ध मुद्दा चलाएर कानुनी कारबाहीको प्रक्रिया सुरु गरिएको पुरन्धारा सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत सिद्धान्त बरालले जानकारी दिनुभयो। वन अतिक्रमण मुद्दा चलाइएका मध्ये दुईजनालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

अरू २० जना भने फरार रहेको र उनीहरूको खोजी भइरहेको बरालले बताउनु भयो । वन समूहका पदाधिकारीले नै वन क्षेत्र अतिक्रमण गरी घर बनाएको उहाँको भनाइ छ । वन ऐन २०७६ अनुसार वन क्षेत्र अतिक्रमण गर्नेलाई  ५ वर्ष कैद वा एक लाख रूपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार