खरिपाटी क्‍वारेन्‍टाइनका बाँकी २३ जना घर फर्किए

खरिपाटी क्‍वारेन्‍टाइनका बाँकी २३ जना घर फर्किए

चैत २६ भक्तपुर

भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा रहेका २३ जनालाई घर पठाइएको छ।

कोरोना भाइरस संक्रमणबाट प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिन अगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरण भवनको क्वारेन्टाइनमा राखिएको थियो।

उनीहरूको थ्रोट स्वाब नमूना परीक्षणको क्रममा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानले बताए।

उनका अनुसार ती २३ जनालाई घर पुर्‍याउन नेपाली सेना र अन्य सुरक्षा निकायले सहयोग गरेका छन्। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार