आठबीसकोटमा अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइयो कोरोना खोप

आठबीसकोटमा अशक्त र ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइयो कोरोना खोप

अशक्त र ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले प्रस्तुत गरेको छ। अहिले नगरपालिकाले अशक्त र जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप घरघरमा पुगेर लगाएको छ।

जिल्लाको आठबीसकोट नगरपालिका –१० का ७२ वर्षीय विर्ख बहादुर खत्री र सोहि वडाकै ७० बर्षका परु खत्रीले आफ्नै घरमा कोरोना विरुद्धको खोप लगाएपछि आफुहरु खुशी भएको बताउनु भएको छ । उहाँहरुलाई नगरपालिकाको स्वास्थ्यकर्मीहरुको टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो।

खोप केन्द्र सम्म आएर खोप लगाउन नसक्ने अति अशक्त र जेष्ठ नागरिकहरूलाई सहजताको लागि स्वास्थ्यकर्मी घर घरमै पुगेर खोप अभियान शुरु गरिएको नगर अस्पतालमा कार्यरत हेल्थ असिस्टेन्ट प्रेम रोकायले जानकारी दिनुभयो ।

आठबीसकोट नगरपालिका क्षेत्रमा अहिलेसम्म कोरोना विरुद्धको खोप ४ हजार ६ सय ४१ जनाले लगाएका छन । जस अन्तरगत कोभिसेल १२ सय ७७ जना, भेरोसेल १९ सय र जोनसेन १४ सय ६४ जनालाई लगाइएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार