गर्भवती महिलाहरुका लागि नि:शुल्क भिडियो एक्सरे सेवा

गर्भवती महिलाहरुका लागि नि:शुल्क भिडियो एक्सरे सेवा

मुसिकोट । जिल्ला अस्पताल सल्लेमा गर्भवती महिलाहरुका लागि निःशुल्क भिडियो एक्सरे सेवा शुरु गरिएको छ । पहिलो पटक अस्पतालले गर्भवती महिलाहरुको लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको जनाएको छ । यस अघि अस्पतालले  भिडियो एक्सरे गरे वापत एक जनाको ४५० रुपैयाँ लिने गरेको थियो ।

साउन पहिलो साता देखि गर्भवती महिलाहरुको लागि निःशुल्क रुपमा भिडियो एक्सरे सेवा सुरु गरिएको स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख विष्णुबहादुर बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार गर्भवती महिलाहरुको सहायता स्वरुप निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको हो ।

पछिल्लो समय निःशुल्क रुपमा भिडियो एक्सरे गर्ने पाईने भएपनि निजि मेडिकलहरुमा पुगेर भिडियो एक्सरे गर्ने महिलाहरु अहिले अस्पतालमा आउने गरेका छन । अहिले दैनिक २५ भन्दा बढी गर्भवती महिलाहरु भिडियो एक्सरे गर्ने आउने गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार