दोब्बर भाडा असुलेको आरोपमा एम्बुलेन्स चालकसहित दुई पक्राउ

दोब्बर भाडा असुलेको आरोपमा एम्बुलेन्स चालकसहित दुई पक्राउ

एम्बुलेन्समा बिरामी ओसारेबापत प्रचलित दरभन्दा बढी भाडा असु्लेपछि दुई पक्राउ परेका छन्।

पक्राउ पर्नेमा लमही नगरपालिका वडा नं ५ का ५० वर्षीय कमलप्रसाद भुसाल र सोही ठाउँका ४० वर्षीय कृष्ण आचार्य छन्।

आचार्य लमहीस्थित कृपा पोलिक्लिनिक एण्ड मेडिकल हल सञ्चालक हुन्। भुसाल त्यही मेडिकलको रा १ च ८२५ नम्बरको एम्बुलेन्स चालक हुन्।

दाङ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले लमहीबाट विरामी बोकेर तुलसीपुर आउँदा तीन हजार भाडा लाग्नेमा सात हजार पाँचसय विरामीबाट मागेको सूचनाको आधारमा पक्राउ गरिएको जानकारी दिए।

डिएसपी खड्काले सेतोपाटीसँग भने – ‘कसैले हामीलाई एम्बुलेन्सले मौकाको फाइदा उठाउँदै विरामीबाट दोब्बर बढी भाडा असुलेको गोप्य सूचना दियो त्यसपछि चालक तथा मेडिकल सञ्चालकलाई बीच बाटोमै नियन्त्रणमा लिएको हो।’

पक्राउ परेका चालकले आफूले चलाउने मात्रै काम गरेको र विल काट्ने साहु नै भएको प्रहरी समक्ष वयान दिएका छन्। त्यही आधारमा साहुलाई मात्रै मुद्दा चलाउने तयारी भइरहेको स्रोतले बताएको छ।

यो बीचमा जिल्लामा सञ्चालमा आएका अन्य केही एम्बुलेन्सले पनि विरामी भनेर सर्वसाधारण मानिसलाई ओसार्ने गरेको तथा उनीहरुबाट बढी भाडा असुल्ने गरेको भन्ने गुनासो आएकाले निगरानी बढाइएको स्थानीय प्रशासलने जानकारी दिएको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार