अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिइँदै

अफगानिस्तानबाट फर्किएकालाई पोलियो खोप दिइँदै

नेपाल सरकारले अफगानिसतानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगानिस्तानमा फैलिएको पोलियो सङ्क्रमणलाई दृष्टिगत गरी सबैलाई खोप दिने निर्णय गरिएको बताउनु भयो ।

पोलियो खोप नजिकै खोप केन्द्रमा गई लगाउनसमेत अनुरोध गरिएको छ। पोलियो खोप लगाउनसमेत सुरु गरिसकिएको उहाँले जानकारी दिनुभयो ।

अफगानिस्तान तालिवानले कब्जामा लिएपछि त्यहाँ रहेका नेपाली स्वदेश फर्किएका थिए। उनीहरुलाई सरकारले दुई चरणमा स्वदेश ल्याएको थियो।

हालसम्म अफगानिस्तानबाट ५ सय ४ जना नागरिकको सरकारले उद्धार गरिसकेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार