आज तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

आज तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ तोकेको छ।

यो मूल्य सोमबारको भन्दा ५ सय रुपैयाँले बढी हो। सोमबार छापावाल सुन प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजवी सुनको मूल्य भने आज ९१ हजार १ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला ११ सय ९० मा कारोबार भएको चाँदी सोमबार १२ सय रुपैयाँमा किनबेच भइरहेको छ

अघिल्लो दिनको तुलनामा आज चाँदी  १० रुपैयाँले बढेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार