काबुल बिमानस्थल बाहिर बम विष्फोट, १३ जनाको मृत्यु

काबुल बिमानस्थल बाहिर बम विष्फोट, १३ जनाको मृत्यु

तस्बिर : राेयटर्स

अफगानिस्तानको राजधानी काबुलस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थल बाहिर दुई शक्तिशाली बम विष्फोट भएको छ । विष्फोटमा कम्तिमा १३ जना मारिएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार विमानस्थलको मुख्य द्वारमा पहिलो आत्घाति विष्फोट भएको थियो ।

दोस्रो विष्फोट बारोन होटल नजिक भएको थियो जहाँबाट अफगानिस्तानबाट बेलायत आउन चाहने नागरिकहरुको प्रक्रिया मिलाइँदै आएको छ । पश्चिमी जासुसी संयन्त्रहरुले त्यहाँ आतंकवादी हमलाको चेतावनी दिएको केही घन्टापछि नै विष्फोट भएको हो ।

प्रारम्भिक रिपोर्टहरुमा तीन अमेरिकी सैनिक घाइते भएको जनाइएको छ । अमेरिकाले घटनामा आतंकवादी संगठन आइएसको हात रहेको जनाएको छ ।

तालिवानका एक प्रवक्ताले रोयटर्ससँग आक्रमणमा कम्तिमा १३ जाना मारिएिको बताए, जसमा बच्चाहरु पनि छन् । अफगानिस्तानलाई तालिवानले नियन्त्रणमा लिएको केही दिनमै ठूलो आतंकवादी आक्रमण भएको हो ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार