आजदेखि बाँफिकोटका सबै बिद्यालय खुल्ने

जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्न गाउँपालिकाको अनुमति

आजदेखि बाँफिकोटका सबै बिद्यालय खुल्ने

जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर विद्यालय खोल्न गाउँपालिकाको अनुमति

फाईल तस्बीर

मुसिकोट । आजदेखि रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका क्षेत्रका सबै बिद्यालयहरु खुल्ने भएका छन् । लामो समय देखि कोभिड-१९ का कारण बन्द भएका बिद्यालय आजदेखि खुल्ने भएका हुन् ।

पछिल्लो समय गाउँपालिकामा कोभिड -१९ का बिरामी नभएकाले बिद्यालय खुलाउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता मनबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जनस्वास्थ्यका सबैखाले मापदण्ड अपनाएर बिद्यालयहरुमा पठन पाठन गरिने भएको छ ।

शैक्षिक सत्र खेर गैरहेको र कोरोनाका बिरामी पनि कम भएपछि बिद्यालय खोल्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार