लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पाँच डाक्टर निष्काशित

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका पाँच डाक्टर निष्काशित

चैत २६ बुटवल

प्रदेश नम्बर ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले महामारीका बेलामा  सेवामा नखटिने चिकित्सकलाई कारबाही गर्न दिएको निर्देशनअनुसार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले अस्पतालमा विनाजानकारी अनुपस्थित पाँच चिकित्सकलाई सेवाबाट हटाएको छ ।

अस्पतालका विभिन्‍न विशेषज्ञका रुपमा करिब एक वर्षदेखि कार्यरत चिकित्सक अस्पतालमा विनाजानकारी करिब डेढ महिनादेखि अनुपस्थित भएकाले सेवाबाट आज हटाइएको सूचना दिइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले जानकारी दिनुभएको छ ।

कोरोना भाइरसको  संक्रमणका बेला जनतालाई दिनुपर्नेमा सेवा छाडेर अस्पतालमा समेत जानकारी नदिएकाले डाक्टरलाई सेवाबाट हटाउने निर्णय गरिएको उहाँले बताउनु भयो ।

सेवाबाट हटाइएकामा रेडियोलोजी विभागका डा.वरदान वली र डा. ताराप्रसाद शर्मा, नाक, कान, घाँटी विभागका डा.प्रकाश न्यौपाने, युरो सर्जन डा. सुवासचन्द्र चौधरी र आकस्मिक विभागका डा.प्रकृति कार्की रहेका छन । हटाइएका सबै डाक्टरहरु करारमा नियुक्त  चिकित्सक हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार