काँग्रेस वडा अधिवेशनः जाजरकोटका सवै वडामा सर्वसम्मत

काँग्रेस वडा अधिवेशनः जाजरकोटका सवै वडामा सर्वसम्मत

जाजरकोट । आइरन गेटको रुपमा रहेको नेपाली काँग्रेसको वडा तहको अधिवेशनमा जाजरकोटमा निर्विरोध नेतृत्व चयन भएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेसनको पहिलो चरणको रुपमा रहेको वडा अधिवेशनमा जाजरकोटका ७७ वटै वडामा सहमतिमा क्षेत्रिय प्रतिनिधी र वडा कार्यसमिति चयन भएको हो । शुक्रवार सम्पन्न नेपाली काँग्रेसको वडा अधिवेशनले जाजरकोट काँग्रेसलाइ एकताको सन्देश प्रवाह गरेको नेताहरुको भनाइ छ ।

पार्टीको विद्यान अनुसार निर्वाचित हुनु पर्ने सवै पदहरु जिल्लाका ७७ वटै वडाहरुमा सर्वसम्मत रुपमा चयन भएपछि जाजरकोट काँग्रेसमा एकताको सन्देश फैलिएको काँग्रेस जाजरकोटका सभापति दिपकजंग शाहले वताए ।

उनले पार्टी महाधिवेशनका लागि शुक्रवार भएको वडा अधिवेशनले सर्वसम्मत नेतृत्व चयन भएको र यसले पार्टीमा एकता सहमति र नयाँ उत्साह निर्माणको शुभ संकेत देखिएको वताए । जिल्लाका कुनै पनि वडामा कुनै प्रकारको विभाजन, गुट र मतभेद देखिने गतिविधिहरु नहुनु पार्टी र कार्यकर्ताहरुका लागि निकै सुखद र खुसीको कुरा भएको सभापति शाहले वताए ।

जाजरकोटमा ७७ वडा सभापति सहित प्रति वडा १६ जनाका दरले एक हजार तीन सय नौ जना क्षेत्रिय प्रतिनिधी छनौट भएका छन् । यी क्षेत्रिय प्रतिनिधीले पालिका कार्यसमिति, प्रदेश निर्वाचन क्षेत्रिय कार्यसमिति, प्रदेश महाधिवेशन प्रतिनिधी, संघिय महाधिवेशन प्रतिनिधि र जिल्ला कार्यसमितिका लागि चुनाव लड्ने र छनौट गर्ने अधिकार रहेको नेपाली काँग्रेस जाजरकोटका नेता महेन्द्र शाहले बताए ।

वडा समितिमा २८ जनाका दरले ७७ वडा वाट २ हजार एक सय ५६ जना पदाधिकारी तथा सदस्यहरु निर्वाचित भएका छन् ।

वडावाट निर्वाचित क्षेत्रिय प्रतिनिधिहरु नै गाउ नगर, क्षेत्र र जिल्लाका निर्वाचनका मतदाता तथा उम्मेदवारका लागि योग्य प्रतिनिधि हुन् । अव जाजरकोटमा भदौ २७ मा गाउ, नगर, असोज १ गते प्रदेश सभा क्षेत्र र असोज ५ गते जिल्ला अधिवेसन हुदैछ । वडामा सर्वसम्मत भएका कारण अन्य तहहरुमा पनि यो प्रयास जारी रहने सभापति शाहले बताए । वडा अधिवेशनमा धेरै युवाहरु क्षेत्रिय प्रतिनिधी र वडाको नेतृत्वमा छनौट भएका छन् । काँग्रेसले वडामा समावेशी प्रतिनिधित्व समेत गराएको छ । काँग्रेसले महिला, दलित, जनजाती, मुस्लिम, थारु, मधेसी, अल्पसंख्यक, अपाङ्गता भएका समुहको समेत प्रतिनिधित्व सुनिश्चित गराएको पार्टी सचिव खडग विसीले बताए । अधिकाँशमा शुक्रवार नै सहमति भएको र बाँकी रहेका केही वडामा पनि आइतवार सहमति भएको सचिव विसीले बताए ।

पुर्व पार्टी सभापति समेत रहेका सनत कुमार कार्कीले सर्वसहमतिमा सभापतिको जिम्मेवारी दिन आग्रह गरेका छन् । सहमति भए पुनः एक पटक नेतृत्व लिने इच्छा छ चुनाव भए म लड्दिन उनले भने ।

चुनावी प्रतिस्पर्धामा चार जनाले उत्रने घोषणा गरिसकेका छन् । संस्थापन पक्षबाट हालका उपसभापति सर्पराज रावत एक्ला उम्मेदवार देखिएका छन् उनलाई पुर्व साँसद राजिव विक्रम शाह, पुर्व पार्टी सभापति कार्की लगायतको सर्मथन रहेको छ भने संस्थापन इतर समुहमा युवा नेताहरु बेदराज सिंह, मुक्तिप्रसाद आचार्य र इलमबहादुर शाहीले आकाँक्षा देखाएका छन् । पार्टी सभापति दिपक जंग शाहले संस्थापन इतर समुहबाट एक जना मात्र उम्मेदवार बनाएर चुनाव लडाउने पक्षमा छन् । को लड्ने कसले छाड्ने भन्ने कुराको अहिले सम्म टुङ्गो लागेको छैन । छलफल जारी छ । सकभर एक जना नै उम्मेदवार बनाउने गरि प्रयास भैरहेको एक नेताले बताए । यतिवेला जाजरकोट काँग्रेसमा संस्थापन इतर समुह नै बलियो देखिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार