आज रुकुम पश्चिममा कांग्रेसको वडा अधिवेशन हुँदै

आज रुकुम पश्चिममा कांग्रेसको वडा अधिवेशन हुँदै

मुसिकोट । नेपाली कांग्रेस रुकुम पश्चिमको ७ औं जिल्ला अधिवेशन अन्तरगत आज नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ । जिल्लाका ६ वटा स्थानीय तहका ७३ वटा वडामा कांग्रेसले आज एकै साथ अधिवेशन गर्न लागेको हो ।

वडा अधिवेशन सम्पन्न गराउने जिम्मा नेपाली कांग्रेस केन्द्रीय समितिको निर्णय अनुसार नेपाल शिक्षक संघ रुकुम पश्चिमलाई दिइएको छ। जस अनुसार वडा अधिवेशनको लागि जिल्लाका ७३ वटै वडामा मतदान अधिकृत खटाईएको नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिनुभयो ।

वडा अधिबेशनमा सहभागी हुन जिल्ला बाहिर रहेका काँग्रेसका कार्यकर्ताहरु गाउँ आइसकेका छन्। जिल्लाका ३ नगरपालिका र ३ गाउँपालिकामा नेपाली कांग्रेसका करिब ५३ सय कृयाशिल सदस्य रहेका छन् ।

वडा अधिवेशनमा क्रियाशील सदस्य मतदाता रहने कांग्रेस विधानको व्यवस्था छ । वडा अधिवेशनबाट वडा कमिटी चयनका हुनुका साथै क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । सबैभन्दा बढी मत ल्याउने निर्वाचित हुनेछन् ।

कांग्रेसको संशोधित विधान अनुसार क्षेत्रीय प्रतिनिधिले पालिकाको नेतृत्व चयन गर्नेछन् भने निर्वाचन क्षेत्र (प्रदेश र प्रतिनिधिसभा) कमिटी चयनका लागि मतदाता हुन् ।

केन्द्रीय महाधिवेशनका लागि मतदाता रहने महाधिवेशन प्रतिनिधिको चयन पनि क्षेत्रीय प्रतिनिधिबाटै हुने भएकाले कांग्रेसमा वडा अधिवेशनलाई निकै महत्वका साथ हेरिन्छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार