रिपोटर्स क्लब दाङका अध्यक्ष रेग्मीले भन्नुभयो पक्राउ परेका नक्कली पत्रकार हाम्रो सदस्य होइनन्

रिपोटर्स क्लब दाङका अध्यक्ष रेग्मीले भन्नुभयो पक्राउ परेका नक्कली पत्रकार हाम्रो सदस्य होइनन्

चैत २६ तुलसीपुर
रिपोटर्स क्लव नेपाल दाङ शाखाले पक्राउ परेका भनिएका नक्कली पत्रकार आफ्ना सदस्य नभएको जनाएको छ । क्लवका जिल्ला अध्यक्ष शरद रेग्मीले आज प्रेस विज्ञप्ति मार्फत नक्कली पत्रकार आफ्नो सदस्य नभएको स्पष्ट पार्नुभएको छ ।

रिपोटर्स क्लब दाङको नाम बदनाम गराउन किर्तेकाम गर्ने जोकोहिलाई पनि कानुन अनुसार कार्बाहीको लागि स्थानिय प्रशासन समक्ष अध्यक्ष रेग्मीले सादर अनुरोध गर्नुभएको छ ।

कृर्तेगरि नक्कली परिचय पत्र बनाउने डिसीको पहिचान गरि आवश्यक कारवाही गर्न माग गरिएको छ ।
यस्तै प्रदेश नं.५ भर क्लवका दुईसय सदस्य रहेको भन्दै रेग्मीले पक्राउ परेका व्यक्ति र परिचय पत्र धारी व्यक्ति दुबै आफ्नो सदस्य नभएको उनले उल्लेख गर्नुभएको छ ।

लकडाउन कार्यान्वयका लागि खटिएको प्रहरीले बुधवार विहान तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ निवासी १८ बर्षीय मेघराज सुनारलाई वडा नं.६ हात्तीखौवामा पक्राउ गरेको थियो । त्यसपछि उनले आफु पत्रकार भएको भन्दै रिपोटर्स क्लव दाङ शाखाको खिमबहादुर डिसीको नामको नक्कली परिचय पत्र देखाएका थिए ।

वा ८७ प १००६ नम्वरको मोटरसाइकलमा सवार सुनारले लकडाउन बाट उम्कन उक्त कार्यको दुरुपयोग गरेको प्रहरी अनुसन्धान वाट खुलेको छ ।  पक्राउ परेका सुनारमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार