अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा सोम्पाल

अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा सोम्पाल

मुसिकोट । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमको अध्यक्षमा सोम्पाल कामी सर्बसम्मत निर्बाचित हुनुभएको छ । संगठनको खलंगामा भएको २७ औं जिल्ला सम्मेलनले सोम्पाल कामीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति गठन गरेको हो ।

यस्तै संगठनको उपाध्यक्षमा प्रकाश विक, सचिव धनु ओली, सह सचिव शोभा डाँगी र कोषाध्यक्षमा शेरबहादुर विष्ट चयन हुनुभएको छ । पार्टीका केन्द्रीय सदस्य विश्वको प्रमुख आतिथ्यता, केन्द्रीय स्कुल विभागका सदस्य गति, पार्टीका जिल्ला सेक्रेटरी चन्द्र, अखिल क्रान्तिकारीका राप्ती व्युरो संयोजक दिपक विष्टको उपस्थितिमा सम्मेलन सम्पन्न भएको हो ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार