आइफोन १३ सार्वजनिक

आइफोन १३ सार्वजनिक

एप्पलले आइफोन १३ सार्वजनिक गरेको छ। कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गरी आइफोन १३ सँगै आइफोन मिनी सार्वजनिक गरेको हो। आइफोन १३ मा ६।१ इन्चको डिस्प्ले रहेको छ भने मिनी ५।४ इन्चको रहेको छ।

यी आइफोनमा दुई वटा क्यामेरा रहेका छन्। यी दुवैमा ए १५ बायोनिक चिप रहेको छ। अनि यी दुवै फोनमा लामो समय टिक्ने ब्याट्रीको प्रयोग गरिएको एप्पलले जनाएको छ।

आइफोन १३ को हकमा एप्पलले आइफोन १२ को डिजाइनमा कुनै परिवर्तन गरेको छैन। फोनमा १२ मेगापिक्सेलको क्यामरा रहेको छ। आइफोन १२ को तुलनामा आइफोन १३मा साढे २ घण्टा बढी ब्याट्री ब्याकअप हुने एप्पलको दाबी छ ।

आइफोन १३ मिनीको सुरुवाती मूल्य ६९९ डलर तोकिएको छ भने आइफोन १३ को सुरुवाती मूल्य ७९९ डलर तोकिएको छ। आइफोन १३ सिरिज ६४ जिबी स्टोरेजमा उपलब्ध नहुने कम्पनीले जनाएको छ। यसमा न्यूनतम १२८ जिबीदेखि अधिकतम ५१२ जिबीको विकल्प हुनेछ।

एप्पलको आइफोन १३ प्रो र आइफोन १३ प्रो म्याक्समा ट्रिपल रियर क्यामरा हुनेछन्। क्यामरासँगै थ्री एक्स अप्टिकल जूम फिचर उपलब्ध छ।

आइफोन १३ प्रोको डिस्प्ले रिफ्रेस रेट १२० हर्ज छ । यसमा सुपर रेटिना एक्सडिआर डिस्प्ले रहेको छ । ६.१ इन्चको स्क्रिन साइजमा उपलब्ध हुने आइफोन १३ प्रोको सुरुवाती मूल्य ९९९ डलर तोकिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार