आज बिहानै लकडाउन उल्लङ्घन गर्ने ६ सय ६० जना प्रहरी नियन्त्रणमा

आज बिहानै लकडाउन उल्लङ्घन गर्ने ६ सय ६० जना प्रहरी नियन्त्रणमा

चैत २७ काठमाण्डाै

बिहीबार बिहानै लकडाउन उल्लङ्घन गर्ने ६ सय ६० जनालाई काठमाण्डाै उपत्यकाबाट नियन्त्रणमा लिइएकाे छ ।

काठमाण्डाैबाट पाँच सय १३ जना र ललितपुरबाट एक सय ४७ जना गरी ६ सय ६० जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुलाई अत्यावश्यक बाहेकका कामका लागि हिँडेको पाइए प्रहरीले केही बेर ‘होल्ड’ गर्ने राख्ने गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) काे सङ्क्रमण राेकथामका लागि सरकारले लकडाउन घाेषणा गरेकाे छ । सरकारले लकडाउनकाे पूर्णरुपमा पालना गर्न पनि आग्रह गर्दै आइरहेकाे छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार