राप्रपा रुकुम पूर्वको अध्यक्षमा शाह

राप्रपा रुकुम पूर्वको अध्यक्षमा शाह

नवनिर्वाचित अध्यक्ष सुधीर बिक्रम शाह

रुकुमकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रुकुम पूर्वको अध्यक्षमा सुधीर बिक्रम शाह निर्विरोध चयन हुनु भएको छ । बुधबार सम्पन्न राप्रपा रुकुम पूर्वको प्रथम जिल्ला अधिबेशनले शाहको अध्यक्षतामा सर्वसम्मत १९ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको हो ।

जसको उपाध्यक्षमा खिम बहादुर केसी र भक्ति पुन, सचिवमा अम्मर बहादुर शाही, सह-सचिबमा ऋषिकेश शाह  र कोषाध्यक्षमा जय कुमारी बुढा रहनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष शाहले बाँकी ६ जना सदस्य पार्टिको पहिलो बैठकबाट मनोनित गरिने जानकारी दिनुभयो । जिल्ला अधिबेशनमा केन्द्रिय सदस्य गोपाल खड्का र दिपक मल्ललगायतको सहभागिता रहेको थियो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार