बहराइनमा कोरोनाबाट संक्रमित नेपालीको संख्या २२ पुग्यो

बहराइनमा कोरोनाबाट संक्रमित नेपालीको संख्या २२ पुग्यो

चैत २७ काठमाडौँ
बहराइनमा कोरोना भाइरसबाट थप १० नेपाली संक्रमित भएका छन् । यो सँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको संख्या २२ पुगेको छ ।
मनामास्थित नेपाली दूतावासका अनुसार क्वारेन्टाइनमा राखिएका नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।

 

बहराइनका राजदूत पदम सुन्दासले दिनुभएको जानकारी अनुसार सल्मावाद स्थित एक क्याम्पमा एक जना विदेशी कामदारमा संक्रमण देखिएपश्चात त्यहाँ कार्यरत करिब ४ सय जनालाई क्वारेन्टाइनमा राखिएकोमा हाल १० नेपालीमा संक्रमणको पुष्टि भएको बताउनु भयो ।

 

यसअघि त्यस क्याम्पमा भएका ९ नेपालीलाई कोरोनाको संक्रमण भएको देखिएको थियो । राजदूत सुन्दासका अनुसार उनीहरूको स्वास्थ्य अवस्था स्थिर छ।

 

बुधबार साझ सम्म बहराइनमा ५२ हजार ३ सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ। संक्रमित ३ सय ४९ जनाको उपचार जारी छ। ३ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। ४ सय ६७ जनालाई निको भएर घर फर्किएका छन ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार