कविता : मलाई त्यस्ता विद्रोहीहरु मन पर्छन्

कविता : मलाई त्यस्ता विद्रोहीहरु मन पर्छन्

मलाई त्यस्ता विद्रोहीहरु मन पर्छन्
जसका भाषा र आवाज
कडा हुन वा नरम
तर,
विचारमा प्रष्ट हुन्छन्
मुल्य र मान्यतामा निथ्रुक्कै भिज्छन्
बोली र व्यवहारमा स्वाङ्ग रच्दैनन्
इमान र नैतिकतामा सम्झौता गर्दैनन्
हो,
मलाई त्यस्ता विद्रोहीहरु मन पर्छन् !

जसले शासकले लगाएका
प्रतिबन्धित हातहरु फुकाउँछन्
प्रतिबन्धित आवाजहरु ओकल्छन्
प्रतिबन्धित डोरिहरु छिनाउने हिम्मत गर्छन्
प्रतिबन्धित जलाशयहरुमा डुबुल्की मार्छन्
र प्रतिबन्धित जेलहरु तोड्न प्रयास गर्छन्
हो,
मलाई त्यस्ता विद्रोहीहरु मन पर्छन् !

जसले आफ्ना शिर छेद्न तयार हुन्छन्
तर असत्य स्वीकार गर्दैनन्
औला काट्न तयार हुन्छन्
विल्कुल जालझेलिमा सहिछाप लगाउदैनन
न्याय र समानताको लागि लड्छन लडिरहन्छन्
विचार र संघर्षलाइ आत्मसमर्पण गर्दैनन्
सडकमा होस् वा सदनमा होस्
अन्यायविरुद्ध वर्ग संघर्ष गर्छन गरिरहन्छन्
हो,
मलाई त्यस्ता विद्रोहीहरु मन पर्छन !

जसले सामन्तीको ओतमुनी
क्रान्तिकारिको भविष्य देख्दैनन्
जसको मनले क्रान्तिकारी विचारहरुलाइ
क्रूरतम दमनसामु सम्झौता गर्न मान्दैन
र, तयार हुन्छ विद्रोहको विगुल फुक्न
हो,
मलाई त्यस्ता विद्रोहीहरु मन पर्छन् !

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार