आज नेपाली काँग्रेस रुकुम पश्चिमको नगर तथा गाउँ अधिवेशन हुदैं, यी हुन् सभापतिका आकांक्षीहरु

बाँफिकोटमा बाँठा सर्वसम्मत हुँदै

आज नेपाली काँग्रेस रुकुम पश्चिमको नगर तथा गाउँ अधिवेशन हुदैं, यी हुन् सभापतिका आकांक्षीहरु

बाँफिकोटमा बाँठा सर्वसम्मत हुँदै

मुसीकोट । नेपाली काँग्रेस रुकुमको सातौ जिल्ला अधिवेशन अन्तर्गतको प्रथम नगर/गाउँपालिका अधिवेशन आज हुदैछ । जिल्लाका ६ ओटै पालिकाहरुमा अधिवेशन सम्पन्न गर्नको लागि निर्वाचन अधिकृत पठाईसकिएको नेपाली काँग्रेस रुकुमले जनाएको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीका अनुसार सबै पालिकाहरुमा सहमति मार्फत नयाँ नेतृत्व चयनको प्रयास भैरहको छ ।
प्राप्त जानकारी अनुसार मुसिकोट नगरपालिकामा नगर सभापतिको लागि दुई जनाको तिब्र आकांक्षा देखिएको छ । काँग्रेसका नेताहरु समिरजंग मल्ल र प्रेमबहादुर ओली बिचमा सहमतिको प्रयास जारी रहेको रुकुम काँग्रेसले जनाएको छ ।

त्यसैगरी चौरजहारी नगरपालिकामा प्रेमबहादुर ओली, भद्रबहादुर बिष्ट र गणेश डाँगी नगर सभापतिको दाबेदारीमा रहनुभएको बुझिएको छ । उहाँहरु बिचमा सहमतिको प्रयास भैरहेको नेपाली काँग्रेसका जिल्ला सभापति प्रेमप्रकाश ओलीले जानकारी दिनुभयो ।

जिल्लाको आठबिसकोट नगरपालिकामा नगर सभापतिमा काँग्रेस नेता धिरेन्द्र बटाला, तारक शाही र अमृत बोहरा बिच सहमतिको प्रयास भैरहेको छ । सहमतिबाट अमृत बोहरा नगर सभापतिमा सर्वसम्मत हुने सम्भावना रहेको छ ।

यसैगरी जिल्लाको त्रिवेणी गाउँपालिकामा दिपेन्द्र ओली र प्रेम खड्का बिचमा गाउँ सभापतिको लागि सहमतिको प्रयास भैरहेको जनाईएको छ । सानीभेरी गाउँपालिकामा भने कर्मु डाँगी, सन्तोष रोका र बलबहादुर बि.क.ले सभापतिको दाबी गर्नुभएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका भने जनक कुमार बाँठा गाउँपालिका सभापति सर्वसम्मत हुने अवस्था रहेको जनाईएको छ ।

जिल्लाभर करिब १ हजार २ सय ४१ जनाा क्षेत्रिय प्रतिनिधिहरु रहेका छन् । क्षेत्रिय प्रतिनिधिहरुले नै नगर तथा गाउँपालिकामा नयाँ नेतृत्व चयन गर्नेछन् ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार