चौरजहारी नगर सभापतिमा प्रेमबहादुर ओली सर्वसम्मत

चौरजहारी नगर सभापतिमा प्रेमबहादुर ओली सर्वसम्मत

मुसिकोट । नेपाली काँग्रेस चौरजहारी रुकुम पश्चिमको नगर सभापतिमा प्रेमबहादुर ओली चयन हुनुभएको छ ।

नेपाली काँग्रेस रुकुम पश्चिमको सातौ जिल्ला अधिवेशन अन्तर्गत आज भएको प्रथम नगर अधिवेशनबाट उहाँ निर्विरोध सभापति चयन हुनुभएको हो ।

मतदानस्थल खोलागाउँमा मतदानको अन्तिम तयारी भएको बेला सभापतिका प्रतिश्पर्धी भद्रबहादुर बिष्टले ओलीलाई नै नगर सभापतिमा समर्थन गरेपछि उहाँ सर्वसम्मत सभापति चयन हुनु भएको हो । ओली लामो समयदेखि समाजसेवा क्रियाशिल हुनुहुन्छ ।

अधिवेशनबाट ७१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । नगरको उपसभापतिमा शक्ति शाह र दिपा डाँगी, सचिवमा लक्ष्मण ओली र बलबहादुर बुढाथोकी चयन हुनुभएको ।

त्यसैगरी सह सचिवमा गोपाल लामिछाने र नरेश बोहरा सर्वसम्मत हुनुभएको नव निर्वाचित सचिव लक्ष्मण ओलीले जानकारी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार