रेबिज बिरुद्धको दिवसको अवसरमा कुकुर बिरालालाई खोप

रेबिज बिरुद्धको दिवसको अवसरमा कुकुर बिरालालाई खोप

मुसिकोट । रुकुम पश्चिममा रेबिज बिरुद्धको दिवस मनाईएको छ । रेविज बिरुद्धको खोप लगाएर जिल्लाको मुसिकोट नगरपालिकामा १५औं बिश्व रेबिज दिवस मनाईएको हो । ।

नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एशोसिएयन जिल्ला कार्य समिति रुकुम (पश्चिम)को सहयोगमा मुसिकोट नगरपालिकाको पशु सेवा शाखाले रेबिज बिरुद्धको खोप लगाएको हो । मंगलबार कुकुर तथा बिरालालाई रेबिज बिरुद्धको खोप लगाइएको हो ।

“रेबिजको तथ्यलाई बुझ्न सके राम्ररी, हट्छ डर त्रास सँधैभरी” भन्ने नारा रहेको यस बर्षको बिश्व रेबिज विरुद्धको दिवसका अवसरमा रेबिज बिरुद्धको खोप कार्यक्रम सञ्चालन गरिएको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार दिवसलाई सप्ताहव्यापी रुपमा मनाईदै छ ।

नेपाल पारा भेटेनरी एण्ड लाइभस्टक एशोसिएयन जिल्ला कार्य समिति रुकुम (पश्चिम) का अध्यक्ष रिमबहादुर खड्काका अनुसार आज पहिलो दिन २१ ओटा कुकुर र बिरालालाई उक्त खोप लगाईएको हो । सप्ताहव्यापी रुपमा मनाईने उक्त कार्यक्रम अन्तर्गत बिभिन्न टोलहरुमा पुगेर खोप कार्यक्रम सञ्चालन गरिनेछ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार