चौरजहारीमा कृषकलाई प्रोत्साहन रकम

चौरजहारीमा कृषकलाई प्रोत्साहन रकम

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले किसानका लागि विभिन्न आर्थिक प्याकेज ल्याएको छ । जिल्लामा पहिलो पटक चौरजहारी नगरपालिकाले कृषि उपज उत्पादन गर्ने कृषकहरुलाई पैसा दिने नीति लिएको छ ।

उत्पादनलाई बढाउने उद्देश्यले नगरपालिकाले कृषकलाई आर्थिक प्रोत्साहन कार्यक्रम बनाएको हो । दुध, तरकारी, फलफुल तथा पशुमा कृषकलाई आर्थिक प्रोत्साहन दिने नगर प्रमुख विशाल शर्माले जानकारी दिनुभयो । दुधमा प्रतिलिटर ५ रुपैंया अनुदान प्रोत्साहन स्वरुप दिन लागेको उहाँले बताउनुभयो । अव देखि कृषकले उत्पादन गरेर बिक्रि गरेको दुधमा प्रति लिटर ५ रुपैंया अनुदान पाउने उहाँको भनाई छ

त्यस्तै फलफुलमा प्रति बोट १ सय रुपैंया, प्रति खसी, बोका, बाख्रा र भेडाको १ सय रुपैंया तथा तरकारीमा प्रति केजि ३ रुपैंयाका दरले प्रोत्साहन रकम वितरण गर्ने गरी नगरपालिकाले नीति बनाएको नगर प्रमुख शर्माले बताउनुभयो ।

उहाँका अनुसार प्रोत्साहन रकम पाउनका लागि भने निश्चित ठाउँमा मात्र कृषिजन्य वस्तु बिक्रि गरेको हुनुपर्ने छ । जसका लागि नगरपालिकाका ४ ठाउँमा संकलन केन्द्र स्थापना हुने नगरपालिकाले जनाएको छ ।

वडा नम्बर २ मा नगरपालिका आफैंले संकलन केन्द्र संचालन गर्दै छ भने वडा नम्बर ३, ५ र ११ मा सहकारी मार्फत संकलन केन्द्र संचालन हुने नगरपालिकाको भनाई छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार