काङ्ग्रेसद्वारा स्यार्पुताल वरिपरि सरसफाई

काङ्ग्रेसद्वारा स्यार्पुताल वरिपरि सरसफाई

रुकुम पश्चिमको मुख्य पर्यटकिय क्षेत्रको रुपमा परिचित स्यार्पुताल क्षेत्र वरिपरि सरसफाई गरिएको छ । नेपाली काङ्ग्रेस बाँफिकोट गाउँपालिका वडा नम्बर ३ ले स्पार्पुताल परिसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

गत सोमबार दशैं तिहार लगायत चाडपर्वहरु लाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य्र पर्यटनलाई भित्र्याउने उदेश्यले स्यार्पु तालको वरिपरि सरसफाइ गरिएको वडा सभापति सुर्य प्रकाश मल्लले जानकारी दिनुभएको छ ।

असोज ११ गतेदेखि १५ गते सम्म सञ्चालन गरिएको स्यार्पु पर्यटन महोत्सवको समयमा फालिएका प्लाष्टिक र बोत्तलहरु संकलन गरेर जलाएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार