सरकारले सार्वजनिक सवारी दुर्घटनामा परि घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने

सरकारले सार्वजनिक सवारी दुर्घटनामा परि घाइते भएकाहरुको नि:शुल्क उपचार गर्ने

सार्वजनिक सवारी दुर्घटनामा घाइते भएकाहरुको सरकारले नि:शुल्क उपचार गर्ने भएको छ । सरकारले सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको किरिया खर्च,मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचार गरिदिने भएको हो ।

कास्की, मुगु लगायतका स्थानमा भएको सवारी दुर्घटनाबाट भएको ठूलो मानवीय क्षति भएपछि गृह मन्त्रालयले आज विज्ञप्ती जारी गर्दैै घाइतेहरुको निशुल्क उपचार तथा मृतकलाई राहतको व्यवस्था गरिने बताएको छ ।

जारी विज्ञप्तीमा भनिएको छ,‘सार्वजनिक सवारी दुर्घटनामा ज्यान गुमाउनेहरुको अन्त्येष्टि तथा किरिया खर्च, मृतकका परिवारलाई उचित राहतको व्यवस्था र घाइतेहरुको निःशुल्क उपचारको व्यवस्था नेपाल सरकारले मिलाउने जानकारी गराइन्छ ।’

सडक तथा सवारी सुरक्षाका माध्यमबाट यातायात सेवालाई सुरक्षित बनाई नागरिकको जीउधन र सम्पत्तिको सुरक्षा गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएको छ ।

दुःखद् घटनाहरुको न्यूनीकरणका लागि सडक तथा यातायात सम्बद्ध निकायहरु, स्थानीय प्रशासन र सुरक्षा निकायहरुलाई संवेदनशील र जिम्मेवार भई लाग्न तथा यातायात व्यवसायी, मजदुर र यात्रुहरुले समेत सुरक्षालाई पहिलो प्राथमिकतामा राखी यातायात सेवा सञ्चालन र प्रयोग गर्न गराउन आग्रह समेत गरिएको छ ।

मंगलबार मुगुमा यात्रुबहाक बस दुर्घटना हुँदा ३२ जनाले ज्यान गुमाएका थिए भने १३ जना घाइते भएको थियो । यस्तै सोमबार घान्द्रुक जाँदै गरेको जीप दुर्घटना हुँदा ८ जनाले ज्यान गुमाएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Posted in Uncategorized

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार