गृह मन्त्रालयले गर्‍यो ७ जिल्लाका सीडीओको सरुवा

गृह मन्त्रालयले गर्‍यो ७ जिल्लाका सीडीओको सरुवा

गृह मन्त्रालयले ७  जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय लागेकै दिन केही जिल्लाका प्रजिअसहित केही कर्मचारीको सरुवा गरेको हो।

मन्त्रालयका अनुसार किरन थापा कैलाली, कैलालीका खगेन्द्र रिजाल मन्त्रालय, जगन्नाथ पन्त मन्त्रालयबाट पाल्पा, हरि प्रसाद घिमिरे अर्घाखाँची, वेदनिधि खनाल सिन्धुपाल्चोक, माधव ढकाल बिपद जोखिम प्राधिकरण, वेदनिधि अधिकारी  डोल्पा, नेत्र शर्मा मुस्ताङ, श्रीनाथ पौडेल मन्त्रालय, बिष्णु पौडेल मन्त्रालय, राजु पौडेल स्याङ्जा, दिपक नेपाल मन्त्रालयमा सरुवा भएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार