त्रिविको बैशाख र जेठमा हुने परीक्षा स्थगित

त्रिविको बैशाख र जेठमा हुने परीक्षा स्थगित

चैत २८ काठमाडौँ

त्रिभुवन विश्व विद्यालयले आउँदो बैशाख र जेठमा सचालन गर्ने भनिएका परीक्षाहरु स्थगित गरेको छ । अर्को सूचना जारी नभएसम्मका लागि बैशाख र जेठका सबै परीक्षाहरु स्थगित गरिएको त्रिभुवन विश्व विद्यालयले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय परीक्षा सञ्चालक समितिको बिहीबारको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे  बिएस्सी, बिबिएस र बिएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा र पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिंङ् साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा स्थगित गरिएका हुन् ।

कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै परीक्षाका कार्यक्रम स्थगित गरिएको त्रिविले जारी गरेको सूचनामा उल्लेख छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार