पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु

पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु

फाईल फोटो

हुम्लामा पहिरोले घर पुर्दा एकै परिवारका ६ जनाको मृत्यु भएको छ । हुम्लाको खार्पुनाथ गाउँपालिका-५, खर्पैल गाउँमा रहेको स्थानीय धनवीरे शाहीको घर पुरिँदा उनको परिवारका ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक ९डीएसपी० हेरम्भ शर्माले जानकारी दिए ।

डीएसपी शर्माका अनुसार पहिरोमा परेर ७० वर्षीया धनवीरेसहित उनकी छोरी आशा शाही, ज्वाइँ कलबहादुर शाही, कलबहादुरका १३ वर्षीय छोरा अलिन्द्र शाही, ५ वर्षीय हुमेश शाही र तीन वर्षीय जसबहादुर शाहीको पनि मृत्यु भएको हो ।

पहिरोले पुरिँदा मृत्यु भएका चार जनाको शव निकालिएको छ । अन्य दुई जनाको पनि निकाल्ने क्रम जारी छ, नेपाली सेना, प्रहरी र स्थानियसहितको टोली उद्धारमा खटिएको छ । मंगलबार राति माथिबाट आएको पहिरोले घर पुरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार