दशैंपछि कार्यालय खुलेसँगै रुकुममा नागरिकता बनाउनेको भीड

दशैंपछि कार्यालय खुलेसँगै रुकुममा नागरिकता बनाउनेको भीड

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा नागरिकता बनाउनेको भीड

मुसिकोट । अरु बेलाभन्दा जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा अहिले नागरिकता र राहदानी बनाउनेको भीडभाड बढेको छ । चाडपर्वको बेला स्वदेश तथा विदेशमा रहेकाहरु चाडपर्व मनाउन जिल्लामा आउने यही समयलाई सदुपयोग गर्ने भएकोले नागरिकता र राहदानी बनाउनेको चाप बढेको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा अन्य समयमा दैनिक २० देखि ४० जनाले नयाँ नागरिकता र १५ जनाभन्दा बढीले प्रतिलिपी लिने गर्दछन् । तर दशैंपछि कार्यालय खुलेपछि करिब ७५ जना बढीले नयाँ नागरिकता बनाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रमेश सिवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आईतबार मात्रै १०० जनाले नयाँ नागरिकता बनाएर लिएका छन । यस्तै अहिले नेपाल प्रहरीमा भर्ना खुल्नुका साथै विभिन्न शैक्षिक संस्थामा समेत भर्ना खुलेका कारण नागरिकता बनाउनेका चाँप बढेको हो । जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपी, नाबालक परिचयपत्र , अन्य सिफारिस लिने गरेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार