आठबीसकोटमा कृषकलाई गहुँको बीउ अनुदानमा

आठबीसकोटमा कृषकलाई गहुँको बीउ अनुदानमा

कृषकलाई गहुँको बीउ वितरण गर्दै निमित्त प्रमुख प्रशासकिय अधिकृत मणिराज शाह ।

मुसिकोट । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका कृषि विकास शाखाले गहुँको उन्नत जातको बीउ अनुदानमा कृषकलाई वितरण गरेको छ । नगरपालिकाले कृषकहरुको मागको आधारमा करिब ४२ क्विन्टल बीउ अनुदानमा वितरण गरिने बताएको छ ।

सोमबार पहिलो दिन जाजरकोटको कालेगाउँ बाट ३५ क्विन्टल गहुँको बीउ खरिद गरि ल्याएको कृषि शाखाले जनाएको छ । नगरपालिकाको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत कृषको लगानिमा वितरण गरिएको कृषि शाखाले जनाएको छ ।

अहिलेसम्म कृषि सेवा केन्द्र आठबिसकोटमा २५ क्विन्टल , कृषि इकाइ सेवा केन्द्र गोतामकोटमा ३ क्विन्टल , कृषि इकाई सेवा केन्द्र खदिमा ३ क्विन्टल , कृषि इकाई सेवा केन्द्र घेत्मा ४ क्विन्टल गरि पहिलो चरणमा ३५ क्विन्टल गहुँको बीउ वितरण गरिएको कृषि सेवा केन्द्र प्रमुख देव बहादुर केसिले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार बाँकी ७ क्विन्टल गहँको बीउ कृषि समुह सोलाबाङबाट खरिद गरि केहि दिनमा कृषकलाई बितरण गरिने छ ।

यस्तै आठबीसकोट नगरपालिकाले यस अघि पनि कृषकहरुका लागि उन्नत जातको आलुको बीउ , सिजन अनुसार तरकारीको बीउ , विभिन्न फलफुलका बिरुवाहरु अनुदानमा वितरण गर्दै आइरहेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार