साउदी अरबका एक सय ५० जना शाही परिवारमा कोरोना सङ्क्रमण

साउदी अरबका एक सय ५० जना शाही परिवारमा कोरोना सङ्क्रमण

चैत २८ काठमाण्डौ

साउदी अरबमा सत्तारुढ शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना भाइरस (कोभोड १९) को सङ्क्रमण पुष्टि भएको दैनिक जागरणलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

शाही परिवारको नजिकैैको व्यक्तिलाई उद्धृत गर्दै साउदीमा शाही परिवारका झण्डै एक सय ५० जनामा कोरोना पुष्टि भएको दैनिक जागरणले खबर लेखेको छ ।

सङ्क्रमणबाट सुरक्षित हुन शाह सलमान जेद्दा शहरको एक द्वीप महलमा गएको बताइएको छ । यस्तै क्राउन प्रिन्स मोहम्मद बिन सलमान पनि केही मन्त्रीसँग सुरक्षित ठाउँमा गएका छन् ।

कोरोना सङ्क्रमणबाट बच्नको लागि साउदी सरकारले हवाई सेवामा प्रतिबन्ध लगाएको छ भने सबै धार्मिक स्थलको यात्रामा रोक लगाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार