काँग्रेस रुकुमद्धारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

काँग्रेस रुकुमद्धारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न

मुसिकोट । नेपाली काँग्रेस रुकुमले मुसिकोटमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।

विजयादशमी, दिपावली तथा छठको अवसर पारेर नेपाली काँग्रेस जिल्ला कार्य समिति रुकुम पश्चिमले उक्त कार्यक्रम शनिबार आयोजना गरेको हो ।
कार्यकर्ताहरु बिचमा शान्ति, एकता, भातृत्व, प्रगती र सुस्वास्थ्यको कामना साटासाट गर्ने अवसर जुटाउन कार्यक्रम आयोजना गरिएको नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले बताउनुभयो ।

शुभकामना आदान प्रदान कार्यक्रममा हालै नेपाली काँग्रेसको वडा र गाउँ÷नगर पालिकामा निर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको थियो । पार्टीका जिल्ला सभापति प्रेम प्रकाश ओली, पूर्व सभापति मानबहादुर नेपाली, काँग्रेसका नेता तिलक भण्डारी, खड्कबहादुर डाँगी, सीता ओली, बिरबहादुर ओली, मोहबिर खड्का लगायतले नव निर्वाचित पदाधिकारीहरुलाई खादा तथा अबिर लगाएर स्वागत तथा बधाई ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लाका ७३ वडाका सभापति तथा पदाधिकारी, क्षेत्रिय प्रतिनिधिहरु, सबै पालिकाका सभापति र पदाधिकारीहहरु, जिल्लाका नेताहरु, बिभिन्नहरुबाट नेपाली काँग्रेसका कार्यकर्ताहरु र शुभचिन्तक सहित करिब ५ सय जनाको सहभागिता रहेको काँग्रेसले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार