गाउँपालिकाद्धारा खेलाडीलाई सम्मान

गाउँपालिकाद्धारा खेलाडीलाई सम्मान

जिल्ला खेलकुद विकास समिति रुकुम पश्चिमले सदरमुकाम खलंगामा आयोजना गरेको अन्तरपालिका स्तरीय खेलकुद प्रतियोगिता अन्तरगत महिला र पुरुष भलिबलमा उपाधी जित्ने सानीभेरी गाउँपालिकाका खेलाडी जनही ५/५ हजार सहित सम्मानित भएका छन् । मंगलबार गाउँपालिकाले ११ जना महिला खेलाडी र ९ जना पुरुष खेलाडीलाई जनही ५/५ हजार नगदसहित सम्मान गरेको हो ।
२ जना टीम कोच भिम प्रकाश बिक र नरदेव रीजाल र जना व्यवस्थापक बालकुमार नकाललाई भने जनही १० हजार नगद प्रदान गरिएको छ । गाउँपालिकाको महिला, पुरुष दुवै टीमले भलिबलको उपाधी जितेको थियो । महिला टीमले त्रिवेणी गाउँपालिकालाई र पुरुष टीमले चौरजहारी नगरपालिकालाई पराजित गर्दै उपाधी जितेको थियो । खेलाडीलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष नरबहादुर पुनले गाउँपालिकाले सुरु देखि नै खेल क्षेत्रमा लगानी गरिरहेको बताए

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार