रूकुम पश्चिममा नौ बजेपछि देउसी–भैलो खेल्न नपाइने, यस्तो छ प्रशासनको निर्देशन

रूकुम पश्चिममा नौ बजेपछि देउसी–भैलो खेल्न नपाइने, यस्तो छ प्रशासनको निर्देशन

मुसिकोट । जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले तिहारमा राति ९ बजेसम्‍म देउसी-भैलो खेल्न आग्रह गरेको छ। कोरोना संक्रमणलाई मध्‍यनजर गर्दै राती ९ बजेपछि देउसीभैलो खेल्न नपाइने प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

बुधबार प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी-भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न गराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ ।

यस्तै प्रशासनले मठ, मन्दिर, गुम्बा लगायतको पूजापाठ स्थलमा भीडभाड नगर्न पनि आग्रह गरेको छ। त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले चेतावनी दिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार