नयाँ प्रदेश प्रमुख नियुक्त

नयाँ प्रदेश प्रमुख नियुक्त

प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश १ मा तेह्रथुमका परशुराम खापुङ, कर्णाली प्रदेशमा बाँकेका तिलक परियार र सुदूरपश्चिम प्रदेशमा बाजुराका देवराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएकाे हाे ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई प्रदेश प्रमुख नियुक्त गरेको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार