रानीकोटमा जिप दुर्घटना, ११ जना घाइते

रानीकोटमा जिप दुर्घटना, ११ जना घाइते

मुसिकोट । रुकुम पूर्वमा जिप दुर्घटना भएको छ । जिल्लाको सिस्ने गाउँपालिका ६ नम्वर वडाको रानीकोटमा जिप दुर्घटना भएको हो । दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।

जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ राङसीबाट दाङ जाँदै गरेको लु १ ज १६८८ नम्बरको जिप आज बेलुकी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार घाइते ११ जना मध्ये १ जनाको रुकुम पूर्व अस्पतालमा उपचार भइरहेको छ । उपचाररत पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १४ का सम्झीपुरा सुनारको टाउकोमा चोट लागेको बताइएको छ ।

अरु सबै सामान्य घाइते भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । प्रहरीका अनुसार ब्रेक फेल भएर जिप सडकमै पल्टीएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार