कांग्रेस सल्यानको प्रदेश निर्वाचन (क) मा सुरेश चन्द (ख) मा सुरेश अधिकारी विजयी

कांग्रेस सल्यानको प्रदेश निर्वाचन (क) मा सुरेश चन्द (ख) मा सुरेश अधिकारी विजयी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सल्यानको प्रदेश सभा (क) को सभापतिमा सुरेश चन्द निर्वाचित भएका छन्। उनी संस्थापनइतर पक्षधर हुन्।

उनी अहिलेका कांग्रेस सल्यान जिल्ला सभापति गणेश चन्दका छोरा हुन्। चन्दले प्रदेश सभा (क)मा प्रतिष्पर्धी गोरख खत्रीलाई ११ मत अन्तरले पराजित गरेका छन्।

चन्द ३१४ मत प्राप्त गर्दा खत्रीले भने ३०३ मत प्राप्त गरेका थिए।  उपसभापतिमा यज्ञबहादुर खड्का ३१७ र भूपाल साहु २९४ मत प्राप्त गरी निर्वाचित भए।

सचिवमा धनेष बुढाथोकी ३३३ र चमन बुढाथोकी ३२५ मत प्राप्त गरी निर्वाचित भए। त्यस्तै सहसचिवमा लोकबहादुर शाहीले २८५, धनराज केसी र तेजबहादुर रावतले समान २७६ मत प्राप्त गरेका छन्।

यहाँ कुल ६५७ मत  मध्य ६२७ मत खसेको जिल्ला निर्वाचन समितिले जानकारी दिएको छ।

त्यस्तै  सल्यान निर्वाचन क्षेत्र नं. (ख) को सभापतिमा सुरेश अधिकारीको प्यानल नै विजयी भएको छ। शारदा नगरपालिकाका मेयरसमेत रहेका अधिकारी संस्थापन इतर पक्षधर हुन्।

शनिबार बिहान ४ बजेतिर प्राप्त मत परिणाम अनुसार प्रदेश सभापतिमा निर्वाचित सुरेश अधिकारीले ३१२ मत प्राप्त गरेका थिए। उनका प्रतिष्पर्धी वीरबहादुर सेजवालले २७० मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ।

उपसभापतिमा गिरिराज ओली ३१५ र ऋषिराम खत्रीले २६९ मत प्राप्त गरि निर्वाचित भए। उनीहरुका प्रतिष्पर्धी पेशलसिंह डाँगीले २१४ र पूर्णबहादुर भण्डारीले २४७ मत प्राप्त गरे।

त्यस्तै सचिवमा अनिल सिंह २८१ र श्याम कृष्ण महातरा २९५ मत प्राप्त गरि निर्वाचित भए। उनीहरुका प्रतिष्पर्धी शोभाकर राना २४८ र मेघराज भण्डारीले २६२ मत प्राप्त गरे।

सहसचिवमा प्रियवत्र श्रेष्ठ ३०१ र होमसिंह बोहरा २९८ मत प्राप्त गरि निर्वाचित भएका छन्। उनीहरूका प्रतिष्पर्धी ढकबहादुर चन्द २४० र रोहित देवकोटाले २३१ मत प्राप्त गरेको निर्वाचन समितिले जानकारी दिएको छ।

यहाँ कुल ६१३ मतदाता रहेकोमा ६०१ मत खसेको थियो। त्यसमध्ये २ मत वदर भएको निर्वाचन समितिले जानकारी दिएको छ। प्रदेशको नयाँ नेतृत्व चुन्न सल्यानमा शुक्रबार मतदान भएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार