पत्रकार पवन भट्टराईले अभिनय गरेको चलचित्र “कालो वर्ष”

पत्रकार पवन भट्टराईले अभिनय गरेको चलचित्र “कालो वर्ष”

चैत २९ काठमाडौ
काठमाडौमा नेपाली कथानक चलचित्र “कालो वर्ष” युटुबमा सार्बजनिक भएको छ। योगिराम फिल्मसको ब्यानरमा निर्मित नेपाली कथानक चलचित्र “कालो वर्ष” सार्बजनिक गरिएको छ।

२०७६ बैशाख १३ गते नेपालभर सार्बजनिक प्रदशन गरिएको चलचित्र लामो समयपछि भिर्गो टिभी नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ।

राम खड्का सहनिर्माता रहेको चलचित्र कालो बर्षलाइ योगेन्द्र पनेरुले निर्माण गरेका हुन भने लक्षु गौतमको निर्देशन रहेको छ। रामेश्वर हुमागाइले छायांकन गरेको चलचित्र शुबास देबकोटाले सम्पादन गरेका हुन्।

फिल्ममा सञ्चारकर्मी पवन भट्टराई, ओकेश पनेरु , अनुपा खड्का , सुरेन्द्र बुढा , रश्मी शाहा, रबिन भुजेल , रश्मी भट्ट लगाएतको अभिनय रहेको छ।

भुकम्प बाट बिस्थापित भएका पात्रको कथा बोकेको चलचित्रमा बलात्कारको बिषय लाई पनि उठान गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार