काँग्रेस रुकुमको सभापतिमा प्रेम प्रकाश ओली

प्रदेश कार्यसमिति र प्रतिनिधि टुंगो लगाउन बाँकि

काँग्रेस रुकुमको सभापतिमा प्रेम प्रकाश ओली

प्रदेश कार्यसमिति र प्रतिनिधि टुंगो लगाउन बाँकि

मुसिकोट । नेपाली काँग्रेस रुकुम पश्चिमको जिल्ला सभापतिमा प्रेम प्रकाश ओली सर्वसम्मत चयन हुनुभएको छ । नेपाली काँग्रेस रुकुमको सातौ जिल्ला अधिवेशनबाट उहाँ पुनः सभापति बन्नुभएको हो ।

२०७२ फाुगनमा सम्पन्न छैठौ जिल्ला अधिवेशनमा भने उहाँ चुनाव जितेर सभापति बन्नुभएको थियो । गत सोमबार अधिवेशनको उद्घाटन पछि सहमति मार्फत नेतृत्व चयन गर्ने भन्दै नेताहरु छलफल केन्द्रित भएका थिए । मंगलबार भएको बन्द सत्रले पनि पूर्व राज्य मन्त्री गोपाल जि जंग शाहको नेतृत्वमा सहमतिको लागि एक कार्यदल बनाएको थियो । उक्त कार्यदलले सभापति सहित जिल्ला कार्यसमितिको सहमति निर्वाचन समितिलाई बुझाएको छ ।

बुझाईएको सहमति अनुसार पार्टीको उपाध्यक्षमा हर्कसिं खत्री र सुरतजंग मल्ल चयन हुनुभएको छ । त्यसैगरी सचिवमा परमेश्वर भण्डारी र तारक शाही चयन हुनुभएको बताईएको छ । सहसचिवमा यज्ञ बिष्ट र प्रेमबहादुर खड्का चयन हुनुभएको जनाएको छ । टुंगो लगाईएका जिल्ला समितिका पदाधिकारीहरुको विवरण निर्वाचन समितिले आवश्यक प्रक्रिया लिएको छ ।

मनोनित गर्ने प्रावधान रहेको जिल्ला कोषाध्यक्ष पदमा पुनः मोहबिर खड्का दोहोरिने बताइएको छ । यसका साथै प्रदेश निर्वाचन क्षेत्र नं. क को सभापतिमा महेन्द्र केसी र ख को सभापतिमा भद्रबहादुर बिष्टलाई सहमति गरिएको बताईएको छ ।

कार्यदलले यो समाचार तयार पार्दा सम्म जिल्ला कार्य समितिको सहमति विवरण मात्र निर्वाचन समितिलाई बुझाएको छ । निर्वाचन समितिले भने घोषणा गर्न बाँकि छ । आजै प्रदेश पदाधिकारी तथा प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको नाम सार्वजनिक गरिने बताईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार